Global College

आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

NECO

Leave Your Comment

Related News