Global College

मुक्तिनाथ कृषि कम्पनीको करिब ६१ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको करिब ६१ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले एउटा सूचना जारी गर्दै आउँदो मंसिर १८ गतेबाट ६० लाख ९३ हजार ३६० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो। जसमा संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता रहेको छ।

कुनै पनि कम्पनीका संस्थापक र कर्मचारीको शेयर आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

NECO

Leave Your Comment

Related News