Global College

काठमाडौं महानगरले तिहारमा फुल बिक्री गर्न तोक्यो दुई दर्जन बढी स्थान, पलाष्टिकजन्यमा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा नेपाली किसानले उत्पादन गरेका फूलको बजार प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो निर्णय गरेको हो । साथै, महानगरले नेपाली किसानले उत्पादन गरेका फूल बिक्री वितरणका लागि निश्चित स्थानहरूसमेत तोकेको छ ।

महानगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न र नगराउन आग्रह गरेको छ ।

महानगरले जारी गरेको सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनीसमेत दिएको छ ।

महानगरको यस कदमले नेपाली किसानले उत्पादन गरेका फूलको बजार विस्तार हुनुका साथै स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले सरोकारवाला निकायहरूसँगको समन्वयमा नेपाली किसानहरूले उत्पादन गरेका फूल तथा मालाहरू सहज रूपमा बेच्नका लागि विभिन्न मल, मार्ट, चौर र खुला स्थानहरू तोकेको छ ।

स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वर/शंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल, चाबहिल/सिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स , चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर अगाडि, कालिमाटी/कलंकी/स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबु/माछापोखरी/नयाँ बजार क्षेत्रः माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर, गोङ्गबु बिग मार्ट तोकेको छ ।

त्यस्तै, हाँडीगाउँ/महाराजगञ्ज/बालुवाटार क्षेत्रः हाँडीगाउँ ५ वडा अगाडिको डबली, हाँडीगाउँ ५ वडा गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट, बाँसबारी बिग मार्ट, सिटी सेन्टर/कोर एरिया: काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी , पुतलीसड, अनामनगर भाटभटेनी, न्युप्लाजा र अन्य स्थानहरूमा फोनेक्स टावर बत्तीसपुतली, तिनकुने चौर, कोटेश्वर स्मार्ट तोकेको महानगरले जनाएको छ ।

NECO

Leave Your Comment

Related News