काठमाडौं । मङ्गलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार मङ्गलबार अपरान्ह ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।
यो सँगै दुई साता सम्म नबसेको मन्त्रिपरिषद्को बैठकले निरन्तरता पाएको छ । यद्पि बैठकमा छलफल हुने विषय भने सार्वजनिक गरिएको छैन । पछिल्लो समय न्यायापलिका अर्थात् प्रधानन्यायाधीशले कानुनी विपरित काम गरेको भनि सञ्चारमाध्यममा सार्वजनिक भए सँगै महाअभियोगको चर्चा चलेको छ । सरकारले भने सो विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।



