Global College

नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एउटा सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेको छ।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

NECO

Leave Your Comment

Related News