Global College

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ नाफा

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४१ करोड २८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३९ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ३ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ रुपैयाँ थियो । वार्षिकीकृत प्रतिसेयर आम्दानी भने ३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ८ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा ५६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष २५ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८३ पैसा र तरलता अनुपात १.०७ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सेयर अधिकतम ५८७ रुपैयाँ र न्यूनतम ४५० रुपैयाँमा कारोबार भएको थियो । त्रैमासको अन्तिम दिन कम्पनीको सेयर मूल्य ४८१ रुपैयाँ कायम भएको थियो ।

NECO

Leave Your Comment

Related News