Global College

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरी भ्रम फैलाएको आरोपमा नेकपा नेता पक्राउ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन् ।सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई प्रहरीले कास्कीबाट पक्राउ गरी गोरखा लगिएको छ ।

गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि उनी पक्राउ परेका हुन्।उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नेकपाले भने गृहमन्त्रीकै निर्देशनमा उनलाई पक्राउ गरेको अरोप लगाएको छ ।

NECO

Leave Your Comment

Related News