काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ५३ करोड रुपैयाँले घटेको छ। सोमबार कारोबार रकम ७ अर्ब १८ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले बढेको छ।
यस दिन ९ उप समूह बढेका छन् भने ४ वटा उप समूह घटेका छन। । बैंकिङ ०.५२ प्रतिशतले,विकास बैंक ०.०६, होटल्स तथा पर्यटन समूह १.०७, जलविद्युत ०.३१, जीवन बीमा ०.०९, लघुवित्त ०.१३, म्युअुचल फण्ड ०.०९ निर्जीवन बीमा ०.१० र व्यापार समूह ०.१५ प्रतिशतले बढेका छन्। वित्त ०.०१ लगानी ०.०४, उत्पादन र प्रशोधन ०.०६ र अन्य समूह ०.०२ प्रतिशतले घटेका छन् ।
यस दिन शिखर पावर डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।



