काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
दुई दिने भ्रमणका लागि आज काठमाडौं उत्रिएका सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धी विविध विषयमा छलफल भएको छ।
छलफलमा दुई देशका उच्चाअधिकारी सहभागी थिए। प्रधानमन्त्री बालेन शाहको आशन्न भारत भ्रमणको तयारीका लागि सचिव नेपाल आएका हुन्।



