Global College

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा. वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा दुवैले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका छन् ।

भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु पनि सहभागी थिए ।

NECO

Leave Your Comment

Related News