काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा करिब २५ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४३ लाख ६९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ करोड ५१ लाख १८ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ३६ लाख ९० हजार रुपैयाँ रहेको थियो।
कम्पनीको सञ्चालन नाफा भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६१ लाख २७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ४६ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको वितरणयोग्य नाफा ४ करोड ६६ लाख ६९ हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ७९ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस १५ रुपैयाँ ६९ पैसा थियो।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) ८.५७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१४ प्रतिशत रहेको थियो। यसले कम्पनीको खराब कर्जाको अनुपात बढेको देखाउँछ।
समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। कम्पनीको कुल निक्षेप तथा सापटी १ अर्ब २८ करोड २४ लाख रुपैयाँ पुगेको छ भने ग्राहकलाई प्रवाह गरेको कर्जा १ अर्ब ६० करोड ८२ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको कुल सम्पत्ति १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।



