Global College

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (IGP) पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन्।

गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक विशेष समारोहका बीच माननीय गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. के.सी.लाई दर्ज्यानी चिन्ह (फुली) लगाइदिएका हुन।

समारोहमा गृहमन्त्री गुरुङले नवनियुक्त प्रहरी प्रमुखलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, प्रहरी महानिरीक्षक डा. के.सी.ले व्यावसायिक निष्ठा, निष्पक्ष अनुसन्धान र नागरिककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर प्रहरी सङ्गठनको छवि थप उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा गृह सचिव, मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू (AIGs) तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

NECO

Leave Your Comment

Related News