Global College

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीको संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेको नाममा रहेको उक्त सेयर बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चोहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने कसंस्थाको भनाइ छ । संस्थाले तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News