काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले शिवाकोटीलाई ब्युरोको कार्यालयमा बोलाइएको जानकारी दिए ।
यद्यपि कांग्रेसनिकट मिडिया सेन्टरले काठमाण्डुपाटी अनलाइनका अध्यक्ष रोशन खड्काले उजुरी दिएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई ब्युरोले बोलाएको जनाएको छ।
शिवाकोटीले केही दिनअघि खड्काविरुद्ध दाइजो र उनकी श्रीमतीका विषयमा फेसबुकमा स्टाटस लेखेका थिए।
यसैबिच आज बिहान शिवाकोटीले पनि आफूलाई सरकारले खोजिरहन नपर्ने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन्।
हाल आफू काठमाडौँ उपत्यकाबाहिर रहेको र काठमाडौँ फर्किन लागेको उनको भनाइ छ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन’, उनले लेखेका छन्, ‘काठमाडौँ आउँदै छु।’
यद्यपि उनले हाल आफू कहाँ हो भन्ने कुरा खुलाएका छैनन्।



