काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध मध्यम स्कोर तयार पारेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो। शुरुवातमा नै पहिलो ओभरमा शून्य रनमा डार्सी सर्टलाई गुमाएर दबाबमा आएको लुम्बिनीको इनिङ्सलाई कप्तान रोहित पौडेल र अन्य ब्याटरहरूले सम्हालेका थिए।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३० बलमा ३ चौका र १ छक्काको मद्दतले ३४ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, दिलीप नाथले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए भने निरोशन डिकवेल्लाले २७ बलमा २७ रन जोडे। तल्लो क्रममा रुबेन ट्रम्पेलम्यानले विस्फोटक ब्याटिङ गर्दै मात्र ८ बलमा २ छक्का प्रहार गर्दै अविजित १५ रन बनाए।
त्यसैगरी आशिफ शेखले २१, शामिम हुसेनले १३ र सन्दीप जोराले ९ रन जोडे।
जनकपुर बोल्ट्सका लागि बलिङतर्फ विशाल सुस्लिङ र राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान २(२ विकेट लिए। त्यस्तै, ललित राजवंशी, हरमीत सिंह र अभिषेक तिवारीले १(१ विकेट हात पारे।



