Global College

आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

कम्पनीको हिजो कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार दुधकोशी हाइड्रोपावर प्रालिबाट आयोजनामा लगानीका लागि प्रस्ताव प्राप्त भएको थियो। उक्त प्रस्तावपछि आयोजनाको विस्तृत परियोजना विवरण (डीपीआर) तथा अन्य पक्षको अध्ययन गर्दा लगानी र प्रतिफलका हिसाबले आयोजना उपयुक्त देखिएको कम्पनीले जनाएको छ।

सोही अध्ययनका आधारमा आँखुखोला जलविद्युतले प्रतिकित्ता अंकित मूल्यलाई आधार मानी अधिकतम एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक सहमति जनाएको हो।

NECO

Leave Your Comment

Related News