Global College

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन।

 विज्ञप्तिअनुसार नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी रहेका  छन्।

NECO

Leave Your Comment

Related News