काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको आठौँ महाधिवेशनलाई लक्षित गर्दै शाहीले शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने पार्टीको सर्वोच्च नेता बन्न प्रस्ताव गरेका छन्।



