काठमाडौं । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ३ करोड ५८ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ थियो।
यस दिन, सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेर ४४९.१८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१७ अंकले घटेको छ ।
यस दिन ११ उप समूह बढेका छन् भने । २ उप समूह घटेका छन् । बैंकिङ ०.७३ प्रतिशतले,विकास बैंक ०.५९,वित्त ०.९१, होटल्स तथा पर्यटन समूह ०.१८, जलविद्युत ०.९५, लगानी ०.४१, जीवन बीमा ०.०९, उत्पादन र प्रशोधन ०.४८, लघुवित्त ०.४३, अन्य समूह ०.८० र व्यापार समूह ०.७२ प्रतिशतले बढेका छन्। म्युअुचल फण्ड ०.०९ र निर्जीवन बीमा ०.०७ प्रतिशतले घटेको छ ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य १०.२३ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड १४ लाख रुपैयाँ नाघेको छ।



