सातौं वार्षिकोत्सवको अबसरमा आई.एम.ई. लाइफ इन्स्योरेन्सले गर्यो  बीमा साक्षरता कार्यक्रम ।

काठमाडौं । आई. एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान गरेको छ ।

कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरेको हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीमा साक्षरता कार्यक्रममा बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार