RE
Global College

सीवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त

काठमाडौं ।सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिकोले २०८१ साउन २४ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि शर्मालाई कम्पनीको प्रमुखमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं .६\०७९ को दफा ३ कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था बमोजिम शर्मालाई कम्पनीको सीईओमा नियुक्त गरिएको जनाएको छ ।

उनले एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको सपथ ग्रहण लिएर कार्यभार सम्हालेका छन् ।

 

NECO

Leave Your Comment

Related News