CLI
Global College

श्रीकृष्ण जन्माष्टमीमा प्रधानमन्त्रीको सन्देश- विपत्तिले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छ

काठमाडौं । श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै जीवनमा आउने विपत्ति र चुनौतीहरूमा विचलित नभई पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउन आह्वान गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”

हाल देशका विभिन्न भागमा बाढी, पहिरो तथा प्राकृतिक विपद्‌का कारण उत्पन्न कठिन परिस्थितिका बिच नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यका संयन्त्रहरू निरन्तर खटिरहेको सन्दर्भमा यो सन्देश सार्वजनिक भएको हो।

जन्माष्टमीको यस पावन अवसरले कठिन घडीमा पनि धैर्य नगुमाई आ-आफ्नो कर्तव्यपथमा निरन्तर टिकिरहने आत्मबल, धैर्य र शक्ति सम्पूर्ण नेपालीहरूमा प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरिएको छ।

Leave Your Comment

Related News