CLI
Global College

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

काठमाडौं ।भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीले गरेको विनाशले रिद्धी सिद्धि र सौयै सिमेन्ट परिवारलाई मर्माहत बनाएको छ । विनाशकारी बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यो कठिन समयमा रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवार प्रभावित नागरिक र सरकारको साथमा छ ।

बाढी प्रभावितलाई राहत, पुन स्थापना अनि पुनः निर्माण हामी सबैको दायित्व र जिम्मेवारी हो । यही दायित्व र जिम्मेवारी बोध गर्दै रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख (रिद्धी सिद्धि सिमेन्टबाट ५१ लाख र सौर्य सिमेन्टबाट ५० लाख गरी जम्मा १ करोड १ लाख रुपैयाँ) जम्मा गरेको छ ।

रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष  शोभाकार न्यौपाने  माननीय अर्थमन्त्री  स्वर्णिम वाग्लेलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
यो कठिन समयमा बाढी प्रभावित नागरिकको सेवार्थ खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी लगायत सबै सहयोगी हातहरूप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गरेका छन् ।

Leave Your Comment

Related News