CLI
Global College

हुम्लामा ग्यासको अभाव

काठमाडौं । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो ।

हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ ।

बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि २७० वटा खाली सिलिन्डर लाइनमा राखिएका थिए । मागको तुलनामा आपूर्ति आधा कम भएपछि उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेशम महतले बताए । हुम्लामा भरिएको सिलिन्डरको ग्यासको मूल्य रु तीन हजार २०० पर्ने भएको छ  ।

Leave Your Comment

Related News