भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ । त्यो स्वीकादैनौं ।’ उनले भने ।

साथै, पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने तयारी गरेको परियारले बताए ।

उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदै छ र सम्भवतः आज नै दर्ता गछौं ।’

र, विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने उनको भनाइ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार