काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना कामदार फसिरहेको प्रारम्भिक सूचना प्राप्त भएपछि उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन विशेषज्ञ टोली घटनास्थलतर्फ प्रस्थान गरेको रास्वपा का सांसद श्रीराम न्यौपानेले बताएको छ ।
फसिएका कामदारहरूको सकुशल उद्धारका लागि विगतको अनुभव र प्राविधिक ज्ञानको अधिकतम उपयोग गर्ने रणनीति बनाइएको छ। टोलीले घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्ने, उद्धारका लागि आवश्यक प्राविधिक सुझाव दिने तथा समन्वय गर्नेछ।
साथै, अवस्था जटिल बनेको खण्डमा टोली प्रत्यक्ष रूपमा सुरुङभित्रै प्रवेश गरेर उद्धार कार्यमा खटिनेछ। सुरुङभित्र अक्सिजनको आपूर्ति निरन्तर राख्न र जोखिम कम गर्दै द्रुत गतिमा उद्धार सम्पन्न गर्न प्राथमिकता दिइएको छ।



