CLI
Global College

रसुवा बाढी : मृतकको संख्या १,३४१ पुग्यो, १३ हजारभन्दा बढीको जीवितै उद्धार

काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३४१ पुगेको छ; ४ हजार ९ सयभन्दा बढी अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २१ गते बिहान ११:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट १,३४१ जनाको शव फेला परेको र १३ हजार १०४ जनाको जीवितै उद्धार गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोर्खामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको मृत्यु भएको छ।

बाढीपछि करिब ४,९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। रसुवा जिल्ला प्रशासनबाट प्राप्त विवरण अनुसार करिब १,९६७ जना र नुवाकोटबाट प्राप्त विवरणअनुसार २,३४० जना नेपाली नागरिक अझै सम्पर्कमा आएका छैनन्। त्यस्तै करिब ५०९ जना विदेशी नागरिक तथा करिब १०० जना सुरक्षाकर्मी र कर्मचारीहरू पनि बेपत्ता सूचीमा छन्।

विपद्बाट हालसम्म १३,१०४ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाले ४,१६२ जना, नेपाल प्रहरीले ४,०६८ जना र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा ४,८७४ जनाको उद्धार गरेका छन्। उद्धारका लागि नेपाली सेनाले १७३ पटक हवाई उडान र निजी क्षेत्रले १२९ पटक हवाई उडान गरेका छन्। यस क्रममा ३०४ जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ।

बाढीका कारण घाइते भएका ६,०७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाको स्वास्थ्य शिविरबाट ३,२९७ जना र सशस्त्र प्रहरीबाट २,४६२ जना घाइतेको उपचार भएको छ।

प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि २१,४६५ जना सुरक्षाकर्मीहरू नेपाल प्रहरी ७,९७५, नेपाली सेना ९,२८७ र सशस्त्र प्रहरी ४,२०३ खटिएका छन्। विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका ३९ वटा होल्डिङ सेन्टरमा ३,६५२ जनालाई राखिएको छ।

Leave Your Comment

Related News