CLI
Global College

पूर्वाञ्चल ल्बुब आयलको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १० बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारणसभाको असोज १६ गतेका बोलाएको हो ।

उक्त साधारणसभा अजोज १६ गते मोरङको विराटचोकमा रहेको नेपालीरिका होटलमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८२/०८३ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०८३/०८४ को लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीमा कर सहित ८.४२ प्रतिशतले हुन आउने नगद लाभांश दिने सम्बन्धमा, आ.व. २०८३/०८४ को प्रस्तावित बजेट सम्बन्धमा, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकको पारिश्रमिक तथा अन्य सञ्चालकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा र नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने सम्बन्धी एजेण्डाहरुमा छलफल गरि पारित गर्ने छ ।

Leave Your Comment

Related News