काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डीएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिएका हुन्।
यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन्। बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले निरन्तर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



