CLI
Global College

रसुवा बाढी : १३ सय ५५ जना को मृत्यु, करिब ५ हजार बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं ।   रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ भने ४,९९६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २२ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट १,३५५ जनाको शव फेला परेको र १३,३९६ जनाको जीवितै उद्धार गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोर्खामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको मृत्यु भएको छ।

बाढीपछि करिब ४,९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। रसुवा जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार रसुवाका करिब १,९६७ जना र नुवाकोटबाट प्राप्त विवरणअनुसार २,३४० जना नेपाली नागरिक अझै सम्पर्कमा आएका छैनन्। त्यस्तै करिब ५८९ जना विदेशी नागरिक तथा करिब १०० जना सुरक्षाकर्मी र कर्मचारीहरू पनि बेपत्ताको सूचीमा छन्।

विपद्बाट हालसम्म १३,३९६ जनाको जीवितै उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेनाले  सेनाले ११४७ पटक र निजी क्षेत्रले १२९ पटक हवाई उडान गरेका छन्।

बाढीका कारण घाइते भएका ६,६७२ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३२६ जना, नेपाली सेनाको स्वास्थ्य शिविरबाट ३,३७९ जना र सशस्त्र प्रहरीबाट २,९७० जना घाइतेको उपचार भएको छ।

प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि २१,४०२ जना सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाल प्रहरीका ७,९१२, नेपाली सेनाका ९,२८७ र सशस्त्र प्रहरीका ४,२०३ जना रहेका छन्।

Leave Your Comment

Related News