काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मालद्विपकी परराष्ट्रमन्त्रीहरू इरुथिशाम एडमले सोमबार दिउँसो टेलिफोन वार्ता गरेकी छन्।
वार्ताका क्रममा परराष्ट्रमन्त्री एडमले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मालद्विप सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना एवं ऐक्यबद्धता प्रकट गरिन्।
जवाफमा परराष्ट्रमन्त्री खनालले यस कठिन घडीमा मालद्विप सरकार र जनताले दर्शाएको सहानुभूति तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे।
सो क्रममा दुवै देशका परराष्ट्रमन्त्रीहरुले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गर्दै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्याय र सशक्त जलवायु कदमका लागि मिलेर अगाडि बढ्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।



