RE
Global College

पहिरोले थुनिएको किम्रुङ खोला खुल्यो,ठूलो बाढीको जोखिम टर्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोका कारण थुनिएको किम्रुङ खोला बिहानदेखि पुनः साविककै अवस्थामा बग्न थालेको छ। खोलाको बहाव खुलेसँगै तत्कालका लागि ठूलो बाढीको जोखिम टरेको छ।

अन्नपूर्ण गाउँ कार्यपालिकाका अनुसार मङ्गलबार साँझ खसेको पहिरोले किम्रुङ खोला थुनिएको थियो। आज (बुधबार) बिहानैदेखि थुनिएको बाटो खुलेर पानी नियमित रूपमा बग्न थालेको भए पनि सामान्य जोखिम भने अझै कायम रहेको छ।

कास्की प्रहरी तथा स्थानीय प्रशासनले किम्रुङ खोला मिसिने मोदी खोला क्षेत्र हुँदै कालीगण्डकी दोभानसम्मका तटीय क्षेत्रका बासिन्दालाई अझै केही समय उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छन्।

Leave Your Comment

Related News