RE
Global College

३ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ३ लाख ५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ३ हजार रुपैयाँले घटेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार ४ हजार ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार ४० रुपैयाँले घटेको हो ।

Leave Your Comment

Related News