काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश दिने निर्णय कम्पनीले गरेको हो । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित असोज १४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा विहान ८ः३० बजे सुरु हुनेछ । सभाले प्रस्तावित लाभांशलाई अन्तिम रुप दिनुका साथै गत आथिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सञ्चालकको भक्ता सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ भने प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव गरेको सभाले त्यसको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।



