काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आर्थिक वर्ष ०८२/८३ मुनाफाबाट प्रस्ताव १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको लाभांश प्राप्त गर्नेछन् । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना २०८० साल भदौ २६ गतेदेखि सञ्चालनमा रहेको छ ।



