CLI
Global College

नेप्सेसँगै १३ वटै उपसमूह घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६६ अंकले घटेको हो ।

बुधबार कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख पुगेको छ । यसदिन ३५२ वटा कम्पनीको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ५० हजार ८०४ पटक किनबेच हुँदा उक्त कारोबार रकम पुगेको हो । जुन सोमबारको तुलनामा ३६ करोड ७४ लाखले बढी हो ।
सोमबार २५२ वटा कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ८३ करोड १५ लाख पुगेको थियो ।

यसदिन सबै १३ वटा उपसमूह घटेको छ । बैंकिङ २, विकास बैंक १२९, वित्त २४, होटल र पर्यटन ९८, जलविद्युत १७, लगानी १, जीवन बीमा २३, उत्पादन र प्रशोधन ३०, लघुवित्त ११, म्युअुचल फण्ड ०.१०, निर्जीवन बीमा १४९, व्यापार ५१ र अन्य समूह १० अंकले घटेको हो ।
यसदिन ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९२ वटा कम्पनीको शेयर मूल्य घटेको भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको अप्पर लोहार खोलाको , शुवम पावर ६ प्रतिशत, सिभिल बैंक डिबेन्चर ६ प्रतिशतले सेयर मूल्य बढेको छ । सर्वाधिक गुमाउनेमा इमर्जिङ नेपाल १५ प्रतिशत, सिन्धु विकास बैंक १५ प्रतिशत र जानकी फाइनान्स पनि १५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Leave Your Comment

Related News