काठमाडौं । २६ अगस्टमा आएको विनाशकारी बाढीले रसुवा लगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ। विपत्तिपछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २–व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन्।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख रुपैयाँ योगदान गरेका छन्। त्यस्तै, यामाहा डीभिशनको जेन–जी टिमले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार सहयोग गरेको छ।
यस्ता कठिन समयमा आफ्नो राष्ट्र र समुदायका लागि साथ दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो। सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेका हुन्। यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिसहरूसम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ।
पुनःस्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालका प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ।



