कुमारी बैंकका ग्राहकले समाज डेन्टल हस्पिटलमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा त्तच् बाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्

कुमारी बैंकका ग्राहकहरुलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्नेमा बैंक विश्वस्त रहेको बताइएको छ  ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बित्तिय कारोवार गर्दै आइरहेको ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार