CLI
Global College

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे । यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँको चेक  हस्तान्तरण गरिएको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्क विहिन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

Leave Your Comment

Related News