काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गर्दा समेत सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सबैले किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न चाहाने व्यक्ति, संस्थाहरुले सूचना जारी भएको ७ दिन भित्र आवेदन दिनु पर्ने छ ।
आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले खरिद गरी लिन चाहेको सेयर संख्या कोव्यहोरा खुलाई निवेदन दिनु पर्ने छ ।



