CLI
Global College

होटेल सारथीले प्रिमियममा आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

काठमाडौं । होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहितका प्रस्ताव पारित गर्नेका लागि असोज ४ गते साधारणसभा बोलाएको छ ।

उक्त सभा धुलिखेलस्थित आफ्नै सभाहलमा मध्यान्ह १२ बजे सुरु हुने छ । उक्त साधारणसभाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र २.७८९४ प्रतिशत नगद लाभांश जारी गर्ने, कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र जारी पूँजीको ३० प्रतिशत साधारण सेयर (आईपीओ) प्रिमियम मूल्यमा जारी गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ ।

Leave Your Comment

Related News