काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि २५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।



