काठमाडौं । शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । विहीबरको तुलनामा कारोबार रकम २७ करोड रुपैयाँले बढेको हो । विहीबार कारोबार रकम ४ अर्ब ९ करोड रुपैयाँ थियो।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.७८ प्रतिशत, विकास बैंक १.०५ ,वित्त ०.४६, होटल्स तथा पर्यटन समूह ०.९६, जलविद्युत १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन र प्रशोधन ०.७७, लघुवित्त ०.८९, म्युअुचल फण्ड०.०९,निर्जीवन बीमा १.७२, अन्य समूह ०.४२ र व्यापार समूह १.४० प्रतिशतले बढेका छन् ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०.५३ प्रतिशत बढेको छ। त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०.०९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ९.५४ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।



