CLI
Global College

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो । त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ०४१ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

Leave Your Comment

Related News