CLI
Global College

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पर्यटन क्षेत्रमा न्यूनतम १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

आवेदकले नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धि गर्न आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रम तथा गतिविधि समेटिएको रणनीतिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

खुला प्रतिस्पर्धाबाट छनोट हुने सीईओले बोर्डको पर्यटन प्रवर्द्धन, व्यवस्थापन तथा संस्थागत प्रभावकारिता अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

Leave Your Comment

Related News