CLI
Global College

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो । बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदकले सूचना प्रकाशित भएको मिति (भदौ २७ गते) ले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदनमा आफूले खरिद गर्न चाहेको सृयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै सेयर खरिदका लागि राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर–१०, चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ ।

Leave Your Comment

Related News