CLI
Global College

भारतसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन रूपमा हेर्ने चिनियाँ राष्ट्रपति शीको प्रतिबद्धता

काठमाडौं । ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन र भारतबीचको सम्बन्धलाई रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपति शीले दुई देशको फरक-फरक राष्ट्रिय यथार्थ भए पनि एक-अर्काको शक्ति र सामर्थ्यबाट पाठ सिक्दै, आपसी सहयोग र साझेदारीमार्फत सँगै विकासको मार्गमा अघि बढ्नुपर्ने बताए।

सम्बोधनका क्रममा राष्ट्रपति शीले वर्तमान परिवर्तनशील र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्न दुवै देश मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले दुवै पक्षले मानवजातिको उज्ज्वल भविष्य र आफ्ना जनताको कल्याणलाई केन्द्रमा राखेर कदम चाल्नुपर्ने धारणा राखे। साथै, ‘ग्रेटर ब्रिक्स’  सहकार्यलाई उच्च-गुणस्तरीय ढङ्गले अगाडि बढाउँदै विश्वमा सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने र चीन-भारत सहकार्यले विश्व शान्ति, स्थिरता, विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो। चीन र भारतले आफ्ना आपसी मतभेदहरूलाई पन्छाउँदै बहुपक्षीय मञ्चहरूमार्फत क्षेत्रीय तथा वैश्विक विकासका लागि मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

Leave Your Comment

Related News