काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती, नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्ला र वरिष्ठ विभागीय प्रबन्धक मान बहादुर ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन्।
अर्थ मन्त्रालयमा गरिएको चेक हस्तान्तरणका क्रममा प्रमुख कार्यकारी अधिकृत चक्रवर्तीले विपदको समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारको कोषमा योगदान गर्न पाउँदा गर्व अनुभूती भएको बताए । उनले विगतका वर्षहरूमा पनि कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारको राहत कोषमा योगदान दिंदै आएको जानकारी दिए।
कम्पनीले २०८२ भदाै २३ र २४ गतेको जेनजी अान्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक पूर्वाधार पुनःनिर्माणका लागि २०८२ पुसमा सरकारी कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको थियो । साथै १८ आश्विन २०८१ मा प्रधानमन्त्री विपद् राहत कोषमा कम्पनीले १५ लाख रूपैयाँ, २०८२ फागुनमा जाजरकोट भूकम्प पीडितको पुनर्वासका लागि १० लाख र समता शैक्षिक गुठीमा १५ लाख रूपैयाँ योगदान दिएको थियो ।



