CLI
Global College

नबिल स्टक डिलरको साधारणसभा असोज २१ गते

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । लिमिटेडको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २१ गतेका लागि ५ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीका रजिष्टर्ड कार्यायल तीनधारा दरबारमार्गमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा आ.व. २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, अन्य विस्तृत आय विवरण तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने र कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/ ८४ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव छलफल गरि पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

Leave Your Comment

Related News