CLI
Global College

विश्व प्रसिद्ध अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर काठमाडौँ गोर्खाजमा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग  को टोली काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका दिग्गज पूर्वओपनर डेभिड वार्नरलाई टोलीमा अनुबन्धित गरेको छ। काठमाडौँ गोर्खाजले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित ब्याटर वार्नरलाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो।

अस्ट्रेलियालाई दुई पटक आईसीसी पुरुष विश्वकप र टी-२० विश्वकपको उपाधि दिलाउन मुख्य भूमिका खेलेका वार्नर एनपीएल खेल्ने हालसम्मकै सबैभन्दा ठूला अन्तर्राष्ट्रिय स्टार हुन्। उनले टी-२० विश्वकपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जित्नुका साथै इन्डियन प्रिमियर लिग  मा तीन पटक ‘ओरेन्ज क्याप’ हासिल गरिसकेका छन्।

काठमाडौँ गोर्खाजले वार्नरलाई टोलीमा स्वागत गर्दै यो सम्झौता आफ्ना समर्थक र नेपाली क्रिकेटकै लागि एक ऐतिहासिक उपलब्धि भएको जनाएको छ। विश्वका विभिन्न प्रतिष्ठित टी-२० लिगहरूमा आफ्नो विस्फोटक ब्याटिङको छाप छाडिसकेका वार्नरको आगमनले काठमाडौँ गोर्खाजको ब्याटिङ लाइनअपलाई मजबुत बनाउनुका साथै सिङ्गो नेपाल प्रिमियर लिगको स्तर र क्रेजलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

Leave Your Comment

Related News